Home BLOG सिद्धेश्वरी बाल क्लबलाई तालिम

सिद्धेश्वरी बाल क्लबलाई तालिम

by admin

रुम टु रिड अन्तर्गत बालिका शिक्षा कार्यक्रम अन्तर्गत शिद्धेश्वरी बालक्लब सिद्धेश्वरी माविका बालबालिकाका लागि एक दिने तालिम सम्पन्न भएको छ ।
विहिबार विद्यालयमा आयोजित तालिममा सानो उमेरमा अर्थात छिटो विवाह गर्नाले हुने हानीका विषयमा सहभागीहरुलाई रुम टु रिडकी सहजकर्ता सिर्जना पाराजुलीले जानकारी गराएकी थिइन् । तालिममा सानो उमेरमा विवाह गर्दा पढाइ पूरा हुन नपाउने, अनिच्छा पूर्वक र छिटो गर्भाधान हुने, शिशुलाई जन्म दिँदा आमा र शिशु दुवैको ज्यान जोखिममा हुने तथा बालपनामा उनीहरुले गर्ने क्रियाकलाहरु जस्तै खेल्ने, रमाउने, पढ्ने काम गर्र्न नपाउने विषयमा छलफल गरिएको थियो । यसका सानो उमेरमा गरिएको विवाहको सम्बन्ध टिकाउन गाह्रो हुनसक्ने, घरका विभिन्न निर्णय प्रकियामा समहभागी हुन नपाउने जस्ता समस्या आउने बारेमा सहजकर्ता पराजुलीले जानकारी गराएकी थिइन् ।
तालिममा क्लबकी अध्यक्ष प्रशंसा पन्तले बालविवाहले भविष्यमा पछुतो हुने भएकाले बालविवाह नगर्न आफुले सबैलाई सचेत गराउने पहल गर्ने बताइन । तालिममा बालविवाहका कारणहरु र त्यसको न्यूनिकरणका विषयमा समेत सहभागी बालबालिकाहरुले छलफल गरेका थिए । उनीहरुले आफुहरुले पनि २० वर्ष अगाडी विवाह नगर्ने र साथीसंगीलाई पनि विहेवारी विस वर्ष पारी मात्र गर्न सुझाउने प्रतिवद्धता जनाएका थिए ।
तालिममा बालक्लबका १३ पदाधिकारी तथा सदस्य सहभागी भएका थिए ।

Related Posts

Leave a Comment

https://elibrary.sulteng.bawaslu.go.id/file/rekap/