विद्यालयमा शुक्रबारे कार्यक्रम अन्तगर्त २०८० भादाै १ मा हाजिरी जवाफ प्रतियाेगिता सम्पन्न भएकाे छ । प्रतियाेगितामा विद्यालयमा रहेका चार सदनका १६ बालबालिकाकाे सहभागिता रहेकाे थियाे । उक्त प्रतियाेगितामा ७५ अंक सहित प्रशंशा पन्तले नेतृत्व गरेकाे ग्रीन हाउस प्रथम भएकाे थियाे । ग्रीन हाउसका अन्य सहभागीमा विविशा थापा, वर्षा वि क र पुजन उपरकाेटी रहेका थिए । किस्मत वयलकाेटीले नेतृत्व गरेकाे सनराज गुरूङ, अन्जली थापा र सिम्रन थापा सहभागी रहेकाे ब्लु हाउसले ४० अंक सहित दाेस्राे स्थान हासिल गरेकाे थियाे ।
प्रतियाेगितामा अारती परियारले नेतृत्व गरेकाे नेतृत्व गरेकाे तथा समिर वि क, सुप्रिया थापा र समिक्षा थापा सहभागी रहेकाे यल्लाे हाउसले तृतीय स्थान हासिल गरेकाे थियाे ।

